उम्मेदवारी दर्ता गर्दै रेखा थापाले भनिन्ः अब पनि हामी नबोले, आवाज नउठाए कस्ले उठाउँछ ?

रंग नेपाल २०७९ असोज २३ मा प्रकाशित

मोरङ । राप्रपाकी नेतृ एवं अभिनेतृ रेखा थापाले ४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएकी छन् ।

मोरङको निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराउँदै थापाले आफ्नो राजनीतिक यात्रा समयको माग रहेको बताएकी छन् ।

‘आज मोरङका जनताको सेवाका लागि, विगत ३० वर्षदेखि संसद्मा पुगेका दलका नेताहरूले मोरङवासीका लागि गरेको काम हेर्दा, समाजले एउटा नेतृत्वबाट गर्ने अपेक्षा र नेतृत्वले जनताप्रति गरेको घातका कारण मोरङका जनताका खातिर युवाले गरेको विद्रोह हो । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै थापाले भनेकी छन्,अब पनि हामी नबोले, हामीले आवाज नउठाए कस्ले उठाउँछ ? देश बनाउन् कसम खाएका नेताहरुले देश त परै जावस आफ्नो समाजकोलागी सम्म पनि उत्तरदायी बन्न् किन सकेनन् ? किन हामी मोरङवासी सधै देशको, राजनीतिको केन्द्रविन्दु हुँदाहुँदै पनि पछि परेका छौ त ? यस्तै तमाम समस्याले गर्दा मैले मोरङ क्षेत्र न. ३ बाट युवा विद्रोहको रुपमा उमेद्वारी दिएकी छु। ’

धेरै पढिएका

पछिल्ला अपडेट