उमेश घर्तीमगरको स्वरमा ‘बरको छायाँले’ सार्वजनिक

रंग नेपाल २०७९ असोज २५ मा प्रकाशित

काठमाडौं । नेपाली मौलिक लोक गीत संगीतको सरक्षण गर्दै आएका गायक उमेश घर्तीमगर र गायिका सम्झना पुन मगरको आवाजमा रहेको ‘बरको छायाँले ‘ गीतको भिडियो सार्वजनिक भएको छ ।

बम सिंह साउँद र उमेश घर्तीमगरको शब्द सृजना तथा उमेश घर्तीमगरको लय सृजनामा गीत तयार गरिएको छ । प्रेममा रहेका युवायुवतीबीचको वार्तालापलाई गीतमा व्यक्त गरिएको छ ।

सरोज शाहीको छायाँकन तथा सम्पादन तथा तिलक शाही ठकुरीको निर्देशन भिडियोमा रहेको छ । ‘बरको छायाँले ‘ गीतको भिडियोमा अविशेक बाँनिया र बविता रानामगरलगायत कलाकारको अभिनय रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट