अक्षय कुमारको ‘राम सेतु’को ट्रेलर सार्वजनिक

रंग नेपाल २०७९ असोज २६ मा प्रकाशित

एजेन्सी । भारतीय अभिनेता अक्षय कुमार अभिनित चलचित्र ‘रामसेतु’को ट्रेलर सार्वजनिक भएको छ ।

मंगलबार सार्वजनिक उक्त ट्रेलरले दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाएको । भारतीय सञ्चार माध्यमका अनुसार भारतीय बक्स अफिसमा दर्शकले यो चलचित्रलाई यो वर्षकै सबैभन्दा हिट चलचित्र हुने विश्वास गरेका छन् । चलचित्रमा अक्षयले पुरातत्वविद्को भूमिका निभाएका छन् । जसले भारत र श्रीलंकाबीचको राम सेतुको सत्यता पत्ता लगाउन काम गरिरहेका छन्। चलचित्रको सुटिङ मुम्बई बाहेक अयोध्या र उत्तर प्रदेशका विभिन्न स्थानमा गरिएको छ ।

उक्त चलचित्रको फस्ट पोस्टर सार्वजनिक भए देखिनै चलचित्रको बारेमा चौर्तफि बिराध भएको थियो । तर, ट्रेलरले भने राम्रो प्रतिक्रिया पाएको छ ।

चलचित्र अक्टोबर २५ अर्थात कात्तिक ८ गते रिलिन हुने भएको छ । निर्देशक अभिषेक शर्माद्वारा निर्देशित उक्त चलचित्रमा ज्याकलिन फर्नान्डिज र नुसरत भरुचाको पनि मुख्य भूमिका रहेको छ । सन् २०२२ मा प्रदर्शन हुने अक्षयको यो पाँचौ चलचित्र हो । विक्रम मल्होत्रा ​​र अरुणा भाटियाले चलचित्रलाई निर्माण गरेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट