पहिलो पटक नेपाली चलचित्रको टेलिभिजन वर्ल्ड प्रिमियर गरिँदै

रंग नेपाल २०७९ असोज २७ मा प्रकाशित

काठमाडौं । नेपाली टेलिभिजनको चार दशक लामो इतिहासमा पहिलो पटक नेपाली चलचित्रको टेलिभिजन वर्ल्ड प्रिमियर गरिने भएको छ । नेपाल नेटवर्क टेलिभिजनले आफ्नो प्रशारणको सुरुवात संगै नयाँ–नयाँ नेपाली चलचित्रहरुको टेलिभिजन प्रिमियर गर्ने भएको हो ।

हरेक हप्ता एउटा पुरानो चलचित्र र महिनाको एउटा नयाँ चलचित्र हलमा प्रदर्शन भएर अन्य कुनै डिजिटल प्लेटफर्ममा रिलिज नगरिएको चलचित्र प्रशारण गर्न लागिएको डीएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए । ओएसआर डिजिटल र डीएआर मुभिजको सहकार्यमा नेपाली चलचित्र टेलिभिजनमा प्रशारण गर्न लागिएको बताइएको छ ।

नेपाली टेलिभिजन हेर्ने दर्शकले नयाँ नेपाली चलचित्र घरमै निःशुल्क हेर्न पाउने यो राम्रो अवसर हो । आगामी तिहारदेखि नियमित रुपमा चलचित्र प्रदर्शन गरिनेछ । नेपाल नेटवर्क टेलिभिजनले पहिलो चलचित्र ‘लप्पन छप्पन–२’ प्रदर्शन गर्ने भएको छ । केही महिनाअघि मात्र सिनेमा घरमा प्रदर्शनमा आएको सौगात मल्ल, अनुप बिक्रम शाही, शिव श्रेष्ठ, अर्पण थापा स्टारर चलचित्र ‘लप्पन छप्पन–२’ प्रदर्शन गरिने भएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट