प्रकाश सपुत फिचर्ड ‘जाने भए जाउ माया’ सार्वजनिक (भिडियो)

रंग नेपाल २०७९ असोज ३० मा प्रकाशित

काठमाडौं । गायक प्रकाश सपुत र रेश्मा घिमिरे अभिनित ‘जाने भए जाउ माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सेन्टिमेण्टल भर्सनको यस गीतमा स्वर गायक सरन गुरुङको रहेको छ । गीतमा शब्द, संगीत विकाश ल्वागुनको रहेको छ भने गीतलाई कोबिद बज्रले संगीत संयोजन गरेका हुन् । सहना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘जाने भए जाउ माया’ म्युजिक भिडियो गायक गुरुङको रिलिजको तयारीमा रहेको एल्बम ‘सहना’मा संग्रहित गीत हो । एल्बम नोभेम्बर १३ मा बिमोचन हुने गायक गुरुङले बताएका छन् ।

एल्बम रिदम स्क्रीन क्रिएसन र वि द बेस्टको सहयोगमा तयार पारिएको हो । म्युजिक भिडियोमा प्रकाश सपुत र रेश्मा घिमिरे श्रीमान, श्रीमतीको भूमिकामा देखिएका छन् । बुद्ध थापाले छायाँकन गरेको भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायक गुरुङको च्यानल ‘सरन गुरुङ’मार्फत सार्वजनिक गरिएको छ । हाल अमेरिकामा बस्दै आएका गायक गुरुङले आफ्नो नयाँ म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन् ।

https://www.youtube.com/watch?v=6vZtDkaBSTg&t=1s

धेरै पढिएका

पछिल्ला अपडेट