दोहोरी गायिका जेरी र गायक शंकर क्षेत्रीले गरे सम्बन्धबिच्छेद

रंग नेपाल २०७९ कार्तिक ४ मा प्रकाशित

काठमाडौं । लोक दोहोरी गायिका बबिता बानिँया ‘जेरी’ र गायक शंकर क्षेत्रीले सम्बन्धबिच्छेद गरेका छन् ।

उनीहरूले शुक्रबार जिल्ला अदालत काठमाडौंबाट सम्बन्ध विच्छेद गरेका हुन् । बबिता दम्पतीले केही दिनअघि जिल्ला अदालत काठमाडौंमा सम्बन्धबिच्छेदका लागि मुद्दा दर्ता गराएका थिए ।

तीन वर्षअघि विवाह बन्धनमा बाँधिएका गोरखाकी जेरी र नेपालगञ्जका शंकरको साढे दुई वर्षीया छोरी छिन् । छोरी जेरीसँग रहने र चाहेको बेलामा बुबाले छोरीलाई भेट्न सक्ने गरी समझदारी भएको बुझिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट