‘डिसेम्बर फल्स’ को फर्स्टलुक र प्रदर्शन मिति सार्वजनिक

रंग नेपाल २०७९ कार्तिक ५ मा प्रकाशित

काठमाडौं । प्रेम कथामा आधारित चलचित्र ‘डिसेम्बर फल्स’ को फर्स्टलुक पोस्टरसँगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ । आर्यन सिग्देल र उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहेको चलचित्र डिसेम्बरमै अर्थात् ३० डिसेम्बरमा (पुष १५ गते) देशव्यापी प्रदर्शन हुने छ ।

युवा निर्माता रामप्रसाद रिजालको पाँचौं चलचित्र ‘डिसेम्बर फल्स’ को शुक्रबार दुई प्रकारका पोस्टरसँगै प्रदर्शन मिति तय गरिएको हो । भारतीय चलचित्र उद्योगमा कार्यरत व्यस्त निर्देशक प्रवीण झाद्वारा निर्देशित फिल्ममा आर्यन, उपासना, सुमन थापा रोहित, नरेश भट्टराईका साथमा सलोन बस्नेत, शिबहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणालगायत कलाकारको अभिनय छ ।

रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्मित चलचित्रको प्रस्तुतकर्ता रामप्रसाद रिजाल हुन् भने कार्यकारी निर्माता लक्ष्मण रिजाल छन् । रामप्रसाद रिजाल र राजकुमार भट्ट निर्माता रहेको चलचित्रलाई भारतीय छायाँकार महेश आर गुप्ताले खिचेका हुन् ।

बीपीका खनालको कथा, केदार भुसाल र प्रतिक पौडेलको पटकथा÷संवाद रहेको चलचित्रको सम्पादन बनिष शाहले गरेका छन् । दीपक शर्मा, कोशिस क्षेत्री, सुुसान्त गौतम र प्रतिक पौडेलको संगीत, कविराज गहतराज, रामजी लामिछाने, शिशिर खाती र प्रवीण सिंहको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको चलचित्रलाई श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले वितरण गर्दैछन् ।

धेरै पढिएका

पछिल्ला अपडेट