न्यूरोडमा तिहारको सजावट पनि देखिसहेन काठमाडौं महानगरले !

रंग नेपाल २०७९ कार्तिक ६ मा प्रकाशित

काठमाडौं । तिहारको अवसरमा काठमाडौंको न्यूरोडमा गरिएको सजावट काठमाडौं महानगरपालिकाले हटाएको छ ।

पसलहरुमा राखिएको झिलिमिली तथा फूलको सजावटलाई पनि महानगरले हटाएको हो । फुटपाथमा पैदलयात्रुलाई हिंड्न अफ्ठ्यारो भएको भन्दै सजावट हटाउनु परेको महानगर प्रहरीले जनाएको छ ।

चाडपर्वमा आफ्नो पसल सजावट गर्दासमेत महानगरले हटाएको व्यपारीहरुले गुनासो गरेका छन् । लाखौँ खचेर गरेको सजावट हटाएपछि कतिपय व्यापारीहरु आक्रोशितसमेत भएका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट