अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी

रंग नेपाल २०७९ कार्तिक ९ मा प्रकाशित

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी भएको छ ।

ललितपुरस्थित भैँसेपाटीमा रहेको घरमा लक्ष्मीपूजाको दिन राति चोरी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रियंकाको घरबाट पाँच तोला सुनका गहना र ३० हजार नगद चोरी भएको हो ।

चोरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट