खुन्दे र सगरमाथा राष्ट्रिय निकुञ्जमा इन्टरनेट पुगेपछि बनेको गीत ‘इन्टरनेट’ बिमोचन

रंग नेपाल २०७९ कार्तिक ११ मा प्रकाशित

काठमाडौं । गायक तथा गीतकार बिक्रम राजवंशीका साथ संगीत सिजन ब्याण्ड रहेको ‘इन्टरनेट’ म्युजिक भिडियो सार्वजनिक भएको छ । सन् १९७० दशकतिर यदि इन्टरनेटको विकास भएको भए त्यो समयमा कस्तो किसिमको प्रेम हुने थियो भन्ने सस्पेन्स कथा वस्तुलाई आधार मानेर त्यस ताकाको भेषभुसा र गेटअप देखाउन गीतमा कोशिस गरिएको छ ।

ख्ुम्बु क्षेत्रको खुन्देबाट म्युजिक भिडियो ‘इन्टरनेट’ रिलिज गरिएको हो । खुन्दे सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्ने नेपालको खुम्बु क्षेत्रको एउटा गाउँ हो । यो शेर्पाहरूको पवित्र हिमाल खुम्बुको फेदमा रहेको उपत्यकाको खुम्जुङ गाउँसँग सिधा जोडिएको छ । खुम्जुङ उपत्यका समुन्द्र सतहबाट ३ हजार ८०० मिटरदेखि ४ हजार मिटरको बीचमा गएर गीतको बिमोचन गरेका छन् । म्यजिक भिडियोमा चर्चित नायिका नम्रता सापकोटा र विनोद पोखरेल जोडी राम्रो जमेको छ अन्य कलाकारहरुमा असिम रानाभाट‚ हिमा थापा‚ आशीषदेव रुपाखेती‚ कुमार मिलन‚ हिमान्सु रहेका छन् ।

त्यस्तै छायाङ्गकनमा उत्सव दाहाल, सम्पादनमा विकास ज्ञवाली तथा कोरियोग्राफर सन्तोष राजवाहक रहेका छन् । म्यूजिक भिडियोको निर्देशन कृष्णदेव रुपाखेतीले गरेका हुन् । यस गीत बिमोचनका लागि विदेशी मित्रहरु इन्टरनेट सोसाइटीबाट नाभिद उल हक‚ जोआओ पाउलो अगुयर, छेपाल शेर्पा र अन्य खुन्ब्दे समुदायहरु सहभागी भएका छन् । गोकर्ण फोरेस्ट रिसोर्टमा छायाँकन गरिएको यस म्युजिक भिडियो दर्शकमाझ लोकप्रिय हुने भनेर कृष्णदेव रुपाखेती ढुक्क देखिएका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट