नेपाली चलचित्र ‘अन्तिम संस्कार’को छायांकन सम्पन्न

रंग नेपाल २०७९ कार्तिक १२ मा प्रकाशित

काठमाडौं । प्रदीप शाहीको निर्देशनमा बनेको नेपाली चलचित्र ‘अन्तिम संस्कार’को छायांकन पूरा भएको छ । यसअघि  शाहीको निर्देशनमा बनेको चलचित्र ‘गोर्खा बिनिथ द ब्रेभरी’ प्रर्दशन भइसकेको छ ।

शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘अन्तिम संस्कार’को ६० प्रतिशत छायांकन मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा र ४० प्रतिशत काठमाडौंमा गरिएको निर्माता विनोद सुवेदी खत्री (टाटेमित) ले जानकारी दिए ।

झन्डै डेढ करोड लागतमा बनेको चलचित्रमा कलाकार विजय लामा, दिया पुन, रेश्मा घिमिरे सहित बिशाल पहाडी, कृष्णभक्त महर्जन,एवन राज उप्रेती, त्रिचु राई,श्याम राई,धर्मेन्द्र आचार्य ,सुरज खालिङ्ग राई, पासाङ्ग टि शेर्पा, सन्तोष लामा, सरोज कुमाल, अनु मगर, रेश्मा श्रेष्ठ, सस्मिता र दिग्गज लगायतको अभिनय रहेको छ ।

सांस्कृतिक तथा सामाजिक कथावस्तु समेटिएको चलचित्र ‘अन्तिम संस्कार’को पोस्ट प्रोडक्सनको कार्य लण्डनमा गरिनेछ । चलचित्रको छायांकन बाबु श्रेष्ठले गरेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट