चलचित्र ‘महापुरुष’ ले दुई दिनमा कति कमायो ?

रंग नेपाल २०७९ कार्तिक १४ मा प्रकाशित

काठमाडौं । महजोडी अर्थात अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित चलचित्र ‘महापुरुष’ ले दुई दिनमा साढे दुई करोड रुपैयाँ कमाइ गरेको छ ।

चलचित्रले शुक्रबार र शनिबार बक्स अफिसमा साढे दुई करोड रुपैयाँ कमाइ गरेको जनाइएको छ ।

चलचित्र निर्माण पक्षका अनुसार चलचित्रले शुक्रबार १ करोड र शनिबार १ करोड ५० लाख कमाइ गरेको हो । चलचित्र ‘महापुरुष’ शुक्रबारदेखि एकल प्रदर्शनमा आएको छ ।

चलचित्रमा महजोडीसँगै राजाराम पौडेल, गौरी मल्ल, नरेश पौडेल, रवीन्द्र सिंह बानियाँसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइलीको अभिनय रहेको छ ।

एकल अभिभावकको एक्लोपनको कथा भनिएको चलचित्रमा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ ।

षट्कोण आर्ट्स प्रालिको ब्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् भने निर्माता दीपेश खत्री रहेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट