६० कटेका उम्मेदवारलाई मतदान गर्दिन्ः दीपकराज गिरी

रंग नेपाल २०७९ कार्तिक १४ मा प्रकाशित

काठमाडौं । कलाकार दीपकराज गिरीले ६० वर्ष उमेर कटेका उम्मेदवारलाई मतदान नगर्ने जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै दीपकले ४ मंसिरमा हुने आम निर्वाचनमा राजनीतिक दलका ६० वर्ष उमेर कटेका नेतालाई मतदान नगर्ने जनाएका हुन् ।

‘सबै फूल गुलाफ हुँदैनन् । सबै स्वतन्त्र बालेन हुँदैनन् । आफ्नो भोट खेर फाल्दिन । ६० कटेकालाई हाल्दै हाल्दिन ।’ दीपकले फेसबुकमा लेखेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट