बंगाली अभिनेत्री सोनाली चक्रवर्तीको निधन

रंग नेपाल २०७९ कार्तिक १४ मा प्रकाशित

एजेन्सी । बंगाली अभिनेत्री सोनाली चक्रवर्तीको निधन भएको छ ।

अभिनेत्री सोनालीको सोमबार अर्थात् ३१ अक्टोबर बिहान निधन भएको छ । कोलकाताको एक अस्पतालमा ५९ वर्षको उमेरमा सोनालीको निधन भएको हो । उनको अन्तिम संस्कार केभाडा तालाको शवदाह गृहमा गरिएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार सोनाली बिरामी भए पनि काम गरिरहेकी थिइन् । यसपटक पनि काली पूजामा सहभागी भएकी थिइन् । उनी कलेजोको क्यान्सरबाट पीडित थिइन् र त्यही कारण उनको निधन भएको हो ।

सोनाली बंगालकी चर्चित अभिनेत्री हुन् । आफ्नो लामो करियरमा उनले धेरै टिभी सिरियल र चलचित्रमा पनि काम गरेकी थिइन् ।

धेरै पढिएका

पछिल्ला अपडेट