शाहरुख खान अभिनित चलचित्र ‘पठान’ को टिजर सार्वजनिक

रंग नेपाल २०७९ कार्तिक १६ मा प्रकाशित

एजेन्सी । भारतीय सुपरस्टार शाहरुख खान अभिनित चलचित्र ‘पठान’ को टिजर सार्वजनिक भएको छ ।

अभिनेता खानको ५७ औं जन्मदिनको अवसरमा निर्माण टिमले उक्त चलचित्रको टिजर बुधबार सार्वजनिक गरेको हो । यस चलचित्र मार्फत अभिनेता खान लामो समयपछि बक्स अफिसमा मुख्य कलाकारको रुपमा फर्किएका छन् ।

करिब १ मिनेट २४ सेकेन्ड लामो सार्वजनिक टिजरमा अभिनेता खान एकदमै फरक अवतारमा देखिएका छन् । अभिनेता खान आफैंले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट ‘पठान’ को टिजर सार्वजनिक गरेका छन् । भिडियो सेयर गर्दै अभिनेता खानले लेखेका छन्, ‘आफ्नो कुर्सीको पेटि बाँध्नुहोस् ।’

चलचित्रको टिजर सार्वजनिक भएपछि टिजर ट्रेन्डिङ आएको छ । अभिनेता खानसँगै दीपिका पादुकोण र जोन अब्राहम चलचित्रमा मुख्य भूमिकामा रहेका छन् । सिद्धार्थ आनन्दद्वारा निर्देशित यो चलचित्र जनवरी २५, २०२३ मा बक्स अफिसमा प्रदर्शन हुने छ ।

धेरै पढिएका

पछिल्ला अपडेट