र्‍यापर टेकअफको गोली हानी हत्या

रंग नेपाल २०७९ कार्तिक १६ मा प्रकाशित

चर्चित अमेरिकी र्‍यापर टेकअफको गोली हानी हत्या भएको छ ।

अमेरिकाको ह्युस्टनमा मिगोस हिप हप समूहका र्‍यापर टेकअफको गोली हानी हत्या गरिएको हो ।

२८ वर्षका टेकअफलाई ह्युस्टनको बलिङ गल्लीमा गोली हानी हत्या गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उनको हत्यापछि विश्वभरबाट कलाकार, सेलिब्रिटी तथा फ्यानहरुले श्रद्धाञ्जली दिइरहेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट