मिसेस् नेपाल युनिभर्सका लागि आवेदन खुल्यो

रंग नेपाल २०७९ कार्तिक १८ मा प्रकाशित

काठमाडौं । ‘मिसेस् नेपाल युनिभर्स २०७९’ को खोजी सुरू भएको छ ।

विवाहित महिलाहरूको समग्र शसक्तिकरणमा आधुनिक परिवेश र प्रक्रियाको पाटोबाट पहलकदमी गर्दै उनीहरूको व्यक्तित्व, आत्मविश्वास, क्षमताको अभिवृद्धि गर्दै नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्ने बनाउने उदेश्यले प्रतियोगिता आयोजना हुन लागेको हो । आयोजक जिभा इन्कोरपरेटेडले बिहिबार एक बिज्ञप्ती जारी गर्दै प्रतियोगिताको आवेदन खुल्ला भएको जनाएको हो । समाजको हरेक सेक्टरमा महिलाको प्रभावकारिता, जिम्मेवारी बहनमा निखारता र सक्रिय सहभागितालाई अभिप्रेरित गर्ने हेतुले मिसेस् नेपाल युनिभर्स प्रतियोगिता आयोजना थालिएको आयोजकले जनाएको छ ।

युहान इन्टरनेसनल इभेन्टसको सहकार्यमा जिभा इन्कोरपरेटेडको मुख्य आयोजना रहेको प्रतियोगिताको मञ्चबाट प्रतियोगीलाई अन्तर्राष्ट्रिय मञ्चसम्मको यात्रालाई सुनिश्चिता प्रदान गर्नेछ । प्रतियोगितामा सहभागीका लागि आवेदन दिनेका लागि नोभेम्बर १२ अर्थात् कार्तिक २६ गते अडिसन प्रक्रिया संचालन गरिनेछ । प्रतियोगिताको लागि विवाहित, डिभोर्सी एवम् विवाहित भएर पनि एकल जीवन अगाडि बढाइरहेका महिलाले सहभागिता जनाउन सक्नेछन् ।

प्रतियोगिताको शीर्ष विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस् युनिभर्स’ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न पाउनेछन् । प्रतियोगिताका उपविजेताहरूले समेत मिसेस्सँंग सम्बन्धित अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् । प्रतियोगिताको परिकल्पना तथा निर्देशन सानु खान हुन् भने कोरियोग्राफी कोरियोग्राफर एवम् सञ्चारकर्मी रोजिन शाक्यको रहने छ ।

धेरै पढिएका

पछिल्ला अपडेट