अभिनेत्री मनिषा कोइराला रवीन्द्र मिश्रको घरदैलोमा

रंग नेपाल २०७९ कार्तिक २९ मा प्रकाशित

काठमाडौं । अभिनेत्री मनिषा कोइराला प्रतिनिधिसभा सदस्य उम्मेदवार रवीन्द्र मिश्रको घरदैलो अभियानमा सहभागी भएकी छन् ।

May be an image of 7 people, people standing and outdoors

काठमाडौं क्षेत्र नम्बर–१ बाट उम्मेदवार रहेका राप्रपाबाट वरिष्ठ उपाध्यक्ष मिश्रको घरदैलो अभियानमा मनिषा सहभागी भएकी हुन् ।

May be an image of 3 people, people standing and outdoors

नेपाली कांग्रेसका संस्थापक  नेता बिपी कोइरालाकी नातिनी समेत रहेकी मनिषा निर्वाचन नजिकिँदै गर्दा कांग्रेसलाई समर्थन नगरी राप्रपाका उम्मेदवारहरुलाई भोट माग्न व्यस्त रहेकी छन् ।

यसअघि, सोमबार अभिनेत्री मनिषा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँगै राप्रपाको चुनावी सभामा सहभागि हुन हेटौंडा आइपुगेकी थिइन् ।

चुनावी सभामा बोल्दै उनले राप्रपाको नेतृत्व लिङदेनप्रति आफूलाई विश्वास लागेर राप्रपालाई समर्थन गरेको जनाएकी थिइन् । मनिषाले आफ्नो अमूल्य मत सही, असल र समक्ष उम्मेदवार रोजेर मत सदुपयोग गर्न आग्रह गरेकी थिइन् ।

धेरै पढिएका

पछिल्ला अपडेट