काठमाडौं । नेपाली जादुगरको रूपमा चर्चित कलाकार महादेव त्रिपाठीले अमेरिका पनि आफ्नो जादुका विभिन्न कला पस्किएका छन् ।
अमेरिकाको बिभिन्न शहरमा आयोजना भइरहेको ‘सुरसुधा कमेडी शो’ नामक कार्यक्रममा उनले जादु कलाको अलवा नृत्य, गायन र कमेडीका पनि पस्किएका थिए । त्रिपाठीको जादुमा दंग परेका दर्शक कमेडीमा भने पेट मिचिमिची हाँसेका थिए । नेपाल चिनाउने उदेश्यले त्रिपाठीले नेपाली झण्डासहित नृत्य समेत देखाउदा दर्शक खुलेरै नाचेका थिए ।
बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ, नमस्ते ग्रुपको संयुक्त आयोजना रहेको कार्यक्रममा सुरसुधा ब्याण्डको पनि बिभिन्न प्रस्तुति रहेको थियो । सुरसुधाको तर्फबाट गायक सुरेन्द्र श्रेष्ठ, गायिका सरस्वती खत्री र म्युजिसियन रमन महर्जन र बिकास सुनार कार्यक्रममा सहभागी थिए । कार्यक्रममा सुरसुधाले संगीतका अलवा बिभिन्न गीतसंगीत समेत प्रस्तुत गरेको थियो ।
‘सुरसुधा कमेडी शो’ कार्यक्रम अमेरिकाको दर्जनबढी ठाउँमा गर्ने उदेश्यले कलाकार त्रिपाठी सहित कलाकार टोली केही अगाडि अमेरिका पुगेका थिए ।
अमेरिका पुगे लगतै कार्यक्रम सुरु गरेको टोलीले अहिलेसम्म अमेरिकाको न्युयोर्क, भर्जेनिया, क्यालिफोनिया, डालस लगायतका स्थानमा कार्यक्रम गरिसकेका छन् ।