अभिनेता सलोन बस्नेतले गरे विवाह

रंग नेपाल २०७९ मंसिर १२ मा प्रकाशित

काठमाडौं । अभिनेता सलोन बस्नेतले बिवाह गरेका छन् । सोमबार सलोनले मोडल करिष्मा केसीसँग विवाह गरेका हुन् ।

करिष्मा नेपाल एयरलाइन्सकी एअर होस्टेस पनि हुन् । ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका सलोन र करिष्मा विवाह बन्धनमा बाँधिएका हुन् ।

बाल कलाकारबाट अभिनय यात्रा सुरु गरेका सलोनले थुप्रै चलचित्रमा अभिनय गरिसकेका छन् । सलोन चलचित्र निर्देशन तथा कलाकार शोभित बस्नेतका छोरा हुन् ।

सलोन चलचित्रमा विशेषगरि सहनायकको भूमिकामा चर्चित छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट