गीतकार बुढाथोकीको ‘पसिनाले भिजेको जिन्दगी’ लोकार्पण

रंग नेपाल २०७९ मंसिर २५ मा प्रकाशित

काठमाडौं । गीतकार हरिभक्त बुढाथोकीको आत्मकथा ‘पसिनाले भिजेको जिन्दगी’ को शनिबार एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ ।

तेह्रथुममा जन्मिएका गीतकार बुढाथोकी तेह्रथुमका पहिलो नाटककार हुन् । ड्राइभिङ्गसम्बन्धी पुस्तकका पहिलो लेखक समेत रहेका बुढाथोकीको पुस्तक ‘पसिनाले भिजेको जिन्दगी’ मा बुढाथोकीहरुको बंशावली समेत समेटिएको छ ।

बुढाथोकीको आत्मकथा ‘पसिनाले भिजेको जिन्दगी’ लाई राजाराम फुंयाँलले सम्पादन गरेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट