‘बसाई सरेर’ म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

रंग नेपाल २०७९ मंसिर २७ मा प्रकाशित

काठमाडौं । गायक प्रकाश पराजुली र सुनिता तिमल्सिनाको ‘बसाई सरेर’ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

मंगलबार स्मिता स्नेहा इन्टरटेनमेन्ट युट्युब च्यानलमा सार्वजनिक भएको बसाई सरेर म्यूजिक भिडियोमा कलाकार सुनिल क्षेत्री र केकी अधिकारीको अभिनय रहेको छ ।

गायक प्रकाश र सुनिताको स्वर रहेको गीतमा विश्वास नेपालको संगीत संयोजन रहेको छ । मंगलबार सार्वजनिक भएको ‘बसाई सरेर’ भिडियोमा सुनिल क्षेत्रीको निर्देशन र कथा रहेको छ ।

पछिल्लो समय बजारमा आएका नेपाली गीत संगीतहरुमा गायक प्रकाश र गायिका सुनिताको गीतहरु दर्शक श्रोतामाझ लोकप्रिय बन्दै गएको छ ।

 

धेरै पढिएका

पछिल्ला अपडेट