छोरीको विवाह हुनु १० दिन अघि आमा प्रेमीसंग भागिन्

रंग नेपाल २०७९ मंसिर २७ मा प्रकाशित

एजेन्सी । भारतको हरिद्धार जिल्लाको मंगलौर कोतवाली क्षेत्रमा छोरीको विवाह हुनु १० दिन अगाडी आमा प्रेमिकासंग भागेकी छिन् ।

छोरीको विवाहका लागि किनिएको गरगहना समेत आमाले लिएर हिँडेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ ।

सो गाउँकी ३८ वर्षिय महिला आफ्ना तीन सन्तानलाई छाडेर लाखौं रुपैया लिएर प्रेमीसंग भागेका छन् । उनीहरु दुबै एउटै कम्पनीमा काम गर्ने गरेको परिवारका सदस्यको भनाई छ । भारतिय समाचार संस्थाले उल्लेख गरे अनुसार महिलाको श्रीमानको एक वर्ष अघि निधन भएको थियो । महिलाका तीन सन्तान मध्ये जेठी छोरीको आउदो १४ डिसेम्बरमा विवाह हुँदैछ ।

घरमा विवाहको चहल पहल हुँदै गर्दा महिला भागेपछि परिवारका सदस्य तनाबमा छन् । अहिले प्रहरीले हराएकी महिला र प्रेमीको खोजी सुरु गरेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट