मध्यरातमा गायिका समीक्षाले बाँच्न सक्दिन लेखेपछि…

रंग नेपाल २०७९ मंसिर २८ मा प्रकाशित

काठमाडौं । गायनमा पुन : सक्रिय हुन थालेकी गायिका समिक्षा अधिकारीले मध्यरातमा ‘मलाई अति नै गार्‍हो भइसक्यो, अब म बाँच्न सक्दिन’  भनेर लेखेपछि उनका फ्यानहरु दुखी भएका छन् ।

विभिन्न झमेलामा पर्दै आएकी समिक्षा पछिल्लो समय गायनमा जस्तै सामाजिक सञ्जालमा पनि सक्रिय छिन् ।

टिकटक भिडियो र नयाँ नयाँ तस्वीर पोष्ट गर्दै आएकी समिक्षाले नकारात्मक प्रतिक्रियाको समाना गर्दै आएकी छिन् ।

उनका हरेक तस्वीर र भिडियोमा एकथरी दर्शककले तल्लोस्तरको प्रतिक्रिया दिने गरेका छन् । यहि प्रतिक्रिया पनि उनका लागि तनाब हुने गरेको छ ।

मंगलबार मध्यरातको एउटा पोष्टले भने उनका तस्विरमा नकारात्मक प्रतिक्रिया गर्नेहरुलाई समेत झस्काएको छ ।

‘मलाई अति नै गार्‍हो भइसक्यो, अब म बाँच्न सक्दिन’ । उनले फेसबुकमा लेखेकी थिइन् ।  तर, स्टाटस लेखेको केही समयमै समिक्षाले डिलेट गरेकी थिइन् ।

धेरै पढिएका

पछिल्ला अपडेट