बलिउड अभिनेता विवेक ओबरोय पोखरामा

रंग नेपाल २०७९ पुष १ मा प्रकाशित

पोखरा । परिवारसहित नेपाल घुम्न आएका बलिउड अभिनेता विवेक ओबरोय पोखरा आइपुगेका छन् ।

व्यवसायी पुनम यादवको निम्तोमा बुधबार काठमाडौं आइपुगेका ओबरोय शुक्रबार पोखरास्थित सराङकोटको माउण्टेन लज आइपुगेका हुन् । माउण्टेन लजमा ओबरोयको परिवार एक साता रहने बताइएको छ ।

अभिनेता ओबरोयले  परिवारसहित बिहीबार पशुपतिनाथ मन्दिर दर्शन गरेका थिए ।

यसैगरी, बिहीबार दिउँसो चन्द्रागिरी हिल्सको भ्रमण गरेका थिए ।

ओबरोयले आफ्नो बुबा सुरेश ओबरायसँगै खुमलटार पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका थिए ।

ओबरोय दश दिन नेपालमा रहने छन् । ओबरोयले प्याराग्लाइडिङ, बन्जीजम्प, धौलागिरि हिमालको अवलोकनसँगै म्याग्दीको घोरेपानी क्षेत्र घुम्ने कार्यक्रम रहेको बताइएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट