अर्जेन्टिनाले १ हजारको नोटमा मेसीको तस्वीर राख्ने

रंग नेपाल २०७९ पुष ७ मा प्रकाशित

काठमाडौं । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप जित्दा उत्कृष्ट प्रदर्शन गरेका स्टार लियोनल मेसीको तस्वीर अंकित नोट सार्वजनिक गर्ने भएको छ ।

अर्जेन्टिनाको राष्ट्रबैंकले कतारमा मेसीको कप्तानीमा अर्जेन्टिनाले ऐतिहासिक जित हासिल गरेपपछि मेसीको तस्वीर अंकित नोट छाप्नका लागि छलफल अगाडि बढाएको हो ।

मेसीको तस्वीर १ हजारको नोट राखिने छ । राष्ट्रबैंकले मेसीको फोटो अंकित हुने या नहुने विषयमा छलफल भइरहेको तर कतार विश्वकपमा अर्जेन्टिनाको प्रदर्शन झल्किने गरी नोट सार्वजनिक गर्ने बताएको छ।

अर्जेन्टिनाले मेसीको फोटो १ हजारको नोटमा छापेको भन्दै पछिल्लो समय मेसीको १ हजारको अर्जेन्टिनी नोट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तर, उक्त नोट भने नक्कली नोट हो ।

धेरै पढिएका

पछिल्ला अपडेट