काठमाडौं । मेकअप आर्टिस्ट तथा व्युटिसियन मञ्जु श्रेष्ठले आफ्नो जन्मदिनको अबसर पारेर बुधबारबाट आफ्नो मेकअप स्टुडियो सुरु गरेकी छिन् । उनले ललितपुरको एकान्तकुनामा ‘मञ्जिना हेयर एन्ड मेकअप स्टुडियो’ सुरु गरेकी हुन् ।
लामो समयदेखि काठमाडौंको विभिन्न मेकअप स्टुडियो तथा सलुनमा फ्रिलान्सर प्रशिक्षकको रुपमा काम गर्दै आएकी उनको यो स्टुडियोको लायन्स जोन चेयरपर्सन एवम् रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्ष सोनी कारँजितले बुधबार उद्घाटन गरेकी छिन् ।
उद्घाटन समारोहमा बोल्दै अग्रज ब्युटिसियन सोनीले भनिन्, ‘रोजमा लामो समय आफु्सँग हेयर एन्ड मेकअप सम्बन्धि प्रशिक्षण मञ्जुले यो पेशा सुरु गरेकी हुन् । हेयर र मेकअपको विज्ञ मानिने उनले आज आफ्नै मेकअप स्टुडियो सुरु गरेकोमा मलाई साह्रै खुसी लागेको छ ।’ मञ्जुले सुविधा सम्पन्न आफ्नो हेयर तथा मेकअप स्टुडियोबाट ललितपुरमा गुणस्तरीय सेवा दिने विश्वास सोनीले कार्यक्रममा व्यक्त गरिन् ।
कार्यक्रममा मेकअप आर्टिस्ट मञ्जुले आफ्नो हेयर तथा मेकअप स्टुडियोमा हेयर केयर, स्किन केयर र मेकअप सहित सबै सुविधा तथा सेवा रहेको बताइन् ।
ललितपुरको एकान्तकुना क्षेत्रमा गुणस्तरयुक्त हेयर तथा मेकअप स्टुडियोको अभाव भएकाले आफुले सोही क्षेत्रमा यो स्टुडियो खेलेको मञ्जुले प्रकाश पारिन् । हेयर स्पेसलिस्टको रुपमा समेत परिचित उनले केमिकलका कारण विग्रिएका हरेक प्रकारका कपाललाई आफुहरुले ट्रिटमेन्ट गरेर गुणस्तरीय बनाउने पनि जिकिर गरिन् । उद्घाटनको अबसर पारेर केही दिन आफ्नो स्टुडियोमा २५ प्रतिसतसम्म सेवामा छुट दिएको पनि उनले बताइन् ।