१० दिने नेपाल भ्रमणपछि स्वदेश फर्किए अभिनेता ओवरोय

रंग नेपाल २०७९ पुष १० मा प्रकाशित

काठमाडौं  । १० दिने नेपाल भ्रमण सकेर भारतीय अभिनेता विवेक ओवरोय परिवारसहित स्वदेश फर्किएका छन् । व्यवसायी पुनम यादवको पहलमा परिवारसहित नेपाल आएका ओवरोय आज स्वदेश फर्किएका हुन् ।

उनी मंसिर २८ गते नेपाल आएका थिए । व्यवसायी यादवले आफ्नै खर्च र पहलमा विवेकलाई नेपाल ल्याएकी हुन् । नेपालमा रहँदा उनले पशुपतिनाथको दर्शन गर्नाका साथै विभिन्न पर्यटकीय स्थलको भ्रमण गरेका थिए ।

ओवरोयले नेपालमा हुँदा पोखरामा हाई ग्रङग एड्भेन्चर्समा जिपलाइन, स्काइक्रिमर समेत गरेका थिए । यस्तै उनले पोखरामा रहेको अन्नपूर्ण केबलकारको भ्रमण गरेका थिए । ओवरोयले नेपाल बसाइका क्रममा यहाँको खाना एकदमै मिठो लागेको बताएका छन् । फेरि पनि नेपालको भ्रमणमा आउने ओबरोएले बताए ।

व्यवसायी यादवले आबरोयको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेकी छन् । आगामी दिनमा नेपालका पर्यटकीय स्थलहरुको प्रचार प्रसारका लागि आफ्नोतर्फबाट सम्पूर्ण पहल गर्ने पनि उनले बताएकी छिन् ।

धेरै पढिएका

पछिल्ला अपडेट