तिलकसिंह पेलाको गजल ‘के लत बस्यो’ भाइरल

रंग नेपाल २०७९ माघ ६ मा प्रकाशित

काठमाडौं । गजलकार प्रदीपकुमार मैनालीको रचना, गायक तथा संगीतकार तिलकसिंह पेलाको संगीत र स्वरमा रहेको गजल ‘के लत बस्यो’ अहिले भाइरल भएको छ ।

यो गजल केही दिनयता सामाजिक सञ्जाल फेसबुकदेखि टिकटकसम्म भाइरल भइरहेको हो ।

शास्त्रीय संगीतको धुनमा रहेको यो गीतले लाखौं मानिसको मन जितिरहेको छ ।

६ दिन अगाडि तिलकसिंह पेला नामक युट्युब च्यानलबाट अपलोड भएको गजलले यो समाचार बनाउँदासम्म ८ लाख ४५ हजार भन्दा बढी भ्युज पाइसकेको छ ।

गीतका शब्द मात्र होइन यसको शास्त्रीय संगीत र गायक तिलकसिंहको स्वरको मधुरतालाई सबैले तारिफ समेत गरिरहेका छन्।

धेरै पढिएका

पछिल्ला अपडेट