गीतकार अधिकारीको गजल ‘जिउने चाहना’मा केकी

रंग नेपाल २०७९ माघ ६ मा प्रकाशित

काठमाडौं । गायक थानेश्वर गौतमको स्वर तथा संगीत रहेको जिउने चाहना बोलको गजलको भिडियो सार्वजनिक भएको छ । डा. रमिल अधिकारीले सिर्जना गरेको गजलको भिडियो युट्युबमार्फत् सार्वजनिक भएको हो ।

भिडियोमा गीतकार स्वयम् र नायिका केकी अधिकारीको अभिनय देख्न सकिन्छ । एक प्रेमील जोडीबीचको प्रेम र विरहको कथालाई निर्देशक प्रकाश धितालले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् । नरेन्द्र वियोगीको एरेन्ज रहेको गजलको छायांकन उत्सव दाहालले गरेका हुन् । भिडियोको सम्पादन विकाश दाहालले गरेका हुन् ।

गीतकार अधिकारी न्युजल्याण्डको स्वास्थ्य मन्त्रालयको प्रमुख सल्लाहाकारका रुपमा कार्यरत छन् । न्युजल्याण्डको स्वास्थ्य मन्त्रालयको कोभिड डिरेक्टोरिएटमा आवद्ध उनी नेपाल सरकारको तर्फबाट न्युजल्याण्डका लागि पर्यटनदूतका रुपमा पनि कार्यरत छन् । सार्वजनिक गीत गीतकार डाक्टर अधिकारीकै अफिसियल च्यानल रमिल क्रियशनबाट बजारमा आएको हो ।

धेरै पढिएका

पछिल्ला अपडेट