चलचित्र ‘फूलबारी’को ट्रेलर सार्वजनिक

रंग नेपाल २०७९ माघ १० मा प्रकाशित

काठमाडौं । रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘फूलबारी’को ट्रेलर सार्वजनिक भएको छ ।

चलचित्रमा उपेन्द्र सुब्बाको लेखन तथा कमलकिशोर मूलपानीको कथा रहेको छ ।

चलचित्रमा दयाहाङ राई, विपिन कार्की, अरुणा कार्की, प्रियङ्का कार्की, शिल्पा मास्के, गौमाया गुरुङ लगायतको अभिनय रहेको छ । ट्रेलरमा विपिन र अरुणालाई दम्पतीको भूमिकामा देख्न सकिन्छ ।

फागुन ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्र यशोदा फिल्म्सको ब्यानरमा निर्माण भएको हो ।

धेरै पढिएका

पछिल्ला अपडेट