आत्मदाहको प्रयास गरेका आचार्यको निधन

रंग नेपाल २०७९ माघ ११ मा प्रकाशित

काठमाडौं । राजधानीको नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडि आत्मदाहको प्रयास गरेका इलामका प्रेम प्रसाद आचार्यको निधन भएको छ । उनको बुधबार बिहान उपचारको क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको हो ।

मंगलबार दिउँसो भित्र संसद चलिरहेका बेला संसद भवन बाहिर आचार्यले आफैँलाई पेट्रोल छर्केर आगो लगाउँदै आत्मदाहको प्रयास गरेका थिए । उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो । आगोले जलेका उनलाई प्रहरीले उद्दार गरेको थियो ।

३७ वर्षीय आचार्यले आफूले किन आत्मदाह गर्नुपर्‍यो भन्ने आफ्नो जीवन भोगाइको लामो अनुभव सामाजिक सञ्जालमा लेखेका थिए । आत्मदाहको उनको प्रयास आफ्नो असफलताको कथाका रुपमा चित्रण गरेका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट