‘सुन्दर दोलखा’ बोलको म्युजिक भिडियो सार्वजनिक

रंग नेपाल २०७९ माघ १२ मा प्रकाशित

दोलखा । लोकदोहोरी गायक असीमकुमार कटुवालको ‘सुन्दर दोलखा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

जिल्लाको पर्यटकीय महत्व र प्राकृतिक सुन्दरताको शब्दचित्रमार्फत वर्णन गरिएको भिडियो कटुवालले आफ्नै युट्युब च्यानलमा सार्वजनिक गरेका हुन् ।

प्रदीप परियारको शब्द, गायक कटुवालको सङ्गीत र विष्णु तमाङको एरेन्जमा गीतको भिडियो तयार भएको हो ।

भिडियोमा कुमार सुनेल, जुना कार्की, कविता महत, दीप खतिवडा लगायतका कलाकारको अभिनय रहेको छ । गीतलाई निरेन श्रेष्ठले निर्देशन गरेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट