अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्दै

रंग नेपाल २०७९ माघ १४ मा प्रकाशित

बुटवल । अभिनेत्री तथा मोडेल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने भएकी छन् ।

आज शनिबार भैरहवामा हुने उन्मुक्तिको एक कार्यक्रममा एलिजा उन्मुक्ति पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको बताइएको छ ।

एलिजालाई पार्टी प्रवेश गराउन उन्मुक्ति पार्टीकी अध्यक्ष एवं रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ भैरहवा आइसकेकी छन् ।

एलिजालाई पार्टी प्रवेश गराएर महत्त्वपूर्ण जिम्मेवारी दिन लागिएको अनुमान गरिएको छ।

धेरै पढिएका

पछिल्ला अपडेट