अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

रंग नेपाल २०७९ माघ १४ मा प्रकाशित

काठमाडौं । अभिनेत्री तथा मोडेल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् ।

शनिबार बुटवलमा एक कार्यक्रमकाबीच नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले उनलाई पार्टी प्रवेश गराएकी हुन् । एलिजाले पार्टीको उद्देश्य एकदमै राम्रो लागेकाले आफूले नागरिक उन्मुक्ति रोजेको बताइन् ।

गौतमले आफूले सानैदेखि समाजसेवा गर्दै आएको र त्यसलाई सहज ढंगले अघि बढाउन राजनीतिक पार्टी आवद्ध भएको बताइन् ।

धेरै पढिएका

पछिल्ला अपडेट