पठानका कारण सर्‍याे ‘शहजादा’

रंग नेपाल २०७९ माघ १७ मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेता कार्तिक आर्यन आफ्नो नयाँ फिल्म ‘शहजादा’को प्रमोसनमा व्यस्त छन् । उनी अभिनेत्री कृति सेननका साथ फिल्म प्रमोसनमा व्यस्त भएका हुन् । आगामी फेब्रुअरी १० मा रिलिजको तयारीमा रहेको ‘शहजादा’ अब फेब्रुअरी १७ मा रिलिज हुने भएको छ ।

थिएटरमा अभिनेता शाहरुख खानको फिल्म ‘पठान’को कमाई जबरदस्त भइहँदा यो अवस्थामा हल पाउने सम्भावना कम भएपछि निर्माण पक्षले ‘शहजादा’लाई एक हप्तापछि सारेको हो । व्यापार विश्लेषक तरुण आदर्शले आफ्नो ट्वीटर हेण्डलमा कार्तिक र कृतिको फिल्म ‘शहजादा’को रिलिज मिति सरेको उल्लेख गरेका छन् । ‘शहजादा १० फेब्रुअरीमा नभई १७ फेब्रुअरीमा रिलिज हुँदैछ । फिल्मको रिलिज मितिलाई एक हप्ता पछाडि सार्नुमा शाहरुखको फिल्म ‘पठान’लाई प्रमुख कारण मानिएको छ’, उनले ट्वीट गरेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट