राजेश हमाललाई भेटेर मिलन पाण्डेले सोधे– राजनीतिमा आउने सम्भावना छ ?

रंग नेपाल २०७९ माघ १९ मा प्रकाशित

काठमाडौं । विवेकशील साझा पार्टीका नेताद्वय मिलन पाण्डे र रमेश पौड्यालले अभिनेता राजेश हमालसँग भेटवार्ता गरेका छन् ।

भेटका क्रममा राजनीति र वैकल्पिक राजनीतिको ताजा अवस्थाबारे छलफल भएको नेता पाण्डेले बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता पाण्डले भेटमा संविधानको आधारभूत विशेषताबारे समेत छलफल भएको उल्लेख गरेका छन् । ‘मेरा निम्ति राजेश हमाल चलचित्र क्षेत्रको महानायक मात्र हुनुहुन्न, एउटा सचेत नेपाली नागरिक र बौद्धिक व्यक्तित्व पनि हुनुहुन्छ । आज धेरै पछि उहाँसँग राजनीतिको कुरा भयो ।’ पाण्डेले भनेका छन्, ‘संविधानका आधारभूत विशेषताबारे छलफल भयो । वैकल्पिक राजनीतिबारे छलफल भयो । उहाँको बुझाइबाट मेरो उहाँप्रतिको धारणा थप बलियो बन्यो ।’

पाण्डेले आफूहरूले नायक हमाललाई राजनीतिमा आउने सम्भावना कस्तो छ भनेर सोधेको बताएका छन् । पाण्डेले लेखेका छन्ः धेरैले जस्तै हामीले पनि उहाँलाई उठ्ने बेलामा सोध्यौँ, तपाई राजनीतिमा आउने सम्भावना कस्तो छ ?

तर, हमालले जवाफ दिएको/नदिएकोबारे पाण्डेले खुलाएका छैनन् ।

धेरै पढिएका

पछिल्ला अपडेट