‘मिष्टर ग्लोबल’मा भाग लिन नुतन उडे थाइल्याण्ड

रंग नेपाल २०७९ माघ १९ मा प्रकाशित

काठमाडौं । ‘मिष्टर नेपाल वल्र्ड’ विजेता नूतन श्रेष्ठ थाइल्याण्ड उडेका छन् । थाइल्याण्डमा आयोजना हुने ‘मिष्टर ग्लोवल’ मा नेपालको प्रतिनिधित्व गर्न उनी बुधबार साँझ थाइल्याण्ड उडेका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा बिदाई गर्न आयोजक नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलालगायत पुगेका थिए । ‘मिष्टर ग्लोवल’ को उपाधि नेपाल भित्र्याउने लक्ष्यसहित प्रतियोगितामा आफू सहभागी हुन लागेको श्रेष्ठले बताए । श्रेष्ठलाई नेक्स्ट मोडल्स नेपालले उक्त प्रतियोगितामा पठाएको हो । यो बर्ष ‘मिष्टर वल्र्ड’ आयोजना नहुने भएकाले श्रेष्ठलाई ‘मिष्टर ग्लोबल’ मा पठाइएको सीईओ धमलाले जानकारी दिए ।

फेब्रुअरी २ (आज) देखि १२ तारिकसम्म थाइल्याण्डमा आयोजना हुने प्रतियोगिता उनी नेपाली कलासंस्कृति सहित सहभागी हुनेछन् । करिब ६० भन्दा बढी देशका पुरुषहरूको सहभागिता रहने ‘मिष्टर ग्लोवल’ प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मानिन्छ ।

श्रेष्ठ ‘मिष्टर नेपाल वल्र्ड २०२२’ का विजेता पनि हुन् । ‘मिष्टर नेपाल’ पुरुषहरू सहभागी हुने नेपालकै प्रतिष्ठित र ठूलो प्रतियोगिता हो । २६ वर्षका श्रेष्ठले ३५ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमेका थिए । ‘मिष्टर ग्लोवल’ को उपाधि नेपाल भित्र्याउने लक्ष्यसहित प्रतियोगितामा आफू सहभागी हुन लागेको श्रेष्ठले बताए ।

धेरै पढिएका

पछिल्ला अपडेट