‘निफ’को जुरीमा अभिनेत्री कार्की र माया एकेडेमीका बलामी मनोनित

रंग नेपाल २०७९ माघ १९ मा प्रकाशित

काठमाडौं । ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को दुई जुरी कमिटीमा दुई जना नेपाली कलाकर्मी मनोनित भएका छन् ।

आगामी चैत २ गतेदेखि ६ गते अर्थात् मार्च १६–२० सम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को दुई जुरी कमिटीमा चर्चित अभिनेत्री प्रियंका कार्की र इन्द्र लाल बलामी मनोनित भएका हुन् । कार्की फिचरतर्फ र बलामी वृत्तचित्रतर्फ मनोनित भएको निफका अध्यक्ष केपी पाठकले जानकारी दिए ।

अभिनेत्री कार्की दर्जनौं चलचित्रमा अभिनय गरेर लोकप्रियताको शिखर चुम्न सफल भएकी कलाकार हुन् भने माया एनिमेसन एकेडेमी र माया स्टुडियोका संस्थापक निर्देशक इन्द्र लाल बलामी चलचित्रको प्राविधिक पक्षलाई स्तरीय बनाउन तारिफयोग्य भूमिका निर्वाह गर्दै आएका व्यक्त हुन् ।

अध्यक्ष पाठकका अनुसार यस वर्ष ‘निफ’मा छनोट भएर दोस्रो चरणमा आइपुगेका ३५ देशका ९५ लामो तथा छोटो डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रमध्येबाट ७ वटा विधामा १४ वटा पुरस्कार वितरण गरिने छ । निफमा एक दर्जन बढी रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तरक्रिया) समेत आयोजना गरिने उनले जानकारी दिए ।

धेरै पढिएका

पछिल्ला अपडेट