टर्टल लाउन्जमा राजु लामाको लाइभ कन्सर्ट

रंग नेपाल २०७९ माघ २० मा प्रकाशित

काठमाडौं । गायक राजु लामाले ठमेलस्थित टर्टल लाउन्ज एन्ड क्लबमा लाइभ कन्सर्ट गर्ने भएका छन् ।

लामाले शुक्रबार बेलुकी आफ्नो ब्यान्ड ‘मङ्गोलियन हार्ट’सहित लाइभ प्रस्तुति दिने भएका हुन् । कन्सर्टमा लामाले मङ्गोलियन हार्टका चर्चित गीतमा प्रस्तुति दिने तयारी छ ।

टर्टलका सञ्चालक आयुष ठकुरीका अनुसार लामाले मङ्गोलियन हार्टका चर्चित गीतहरू पर्खाईमा भिज्यो सिरानी…, तिमीलाई देखेर…, हल्ला चलेछ…, बादलपारिको देशबाट…, म माया लाउँदिन…लगायत गीत प्रस्तुत गर्नेछन् ।

धेरै पढिएका

पछिल्ला अपडेट