कमेडी र फिल्मपछि भिडियोमा कपिल शर्मा

रंग नेपाल २०७९ माघ २१ मा प्रकाशित

मुम्बई  । भुषण कुमार नयाँ कलाकारलाई अवसर दिने निर्माताका रुपमा चिनिन्छन् । यसपटक उनले कमेडियन तथा फिल्म अभिनेता कपिल शर्मालाई यो अवसर दिँदैछन् ।

आफ्नो टी–सिरिजले निर्माण गर्न लागेको भिडियो ‘अलोन’मार्फत कपिलले म्यूजिक भिडियोमा पाइला चाल्दैछन् । शोबिजको सबैभन्दा लोकप्रिय हस्ती गुरु रन्धावा र कपिलले आगामी फेब्रुअरी ९ मा रिलिज हुने सिंगल ‘अलोन’का लागि सहकार्य गरेका हुन् ।

यो गीतलाई टी–सिरिजले प्रस्तुत गर्दै छ । यो गीतका लेखक गुरु नै हुन् भने भिडियोमा फ्टिीको निर्देशन छ । गीत मनालीको सुन्दर लोकेसनमा छायांकन गरिएको छ । गीतमा कपिल र गुरुका अलावा योगिता बिहानीको पनि अभिनय छ ।

धेरै पढिएका

पछिल्ला अपडेट