
काठमाडौं, ३ फागुन । बैंकको जागिरबाट राजीनामा दिएपछि अहिले रविना देशराज श्रेष्ठ प्रेमिसँग समय बिताइरहेकी छिन् ।

सेलेब्रेटी बैंकरका रूपमा चिनिने रविनाले मेगा बैंकको कायममुकायम कार्यकारी अधिकृतबाट राजीनामा दिएकी थिइन् । जागिरबाट राजीनामा दिएलगत्तै रविनाले विदेशी प्रेमि सार्वजनिक गरेकी थिइन् । अहिले रविना धेरै समय प्रेमिसँगै बिताइरहेकी छिन् ।

उनले प्रेमिसँगका तस्वीरहरु सामाजिक सञ्जालमा पनि सार्वजनिक गरिरहेकी हुन्छिन् । रवीना नायक आयुष्मान र आशीरमान देशराज श्रेष्ठकी आमा तथा नायिका प्रियंका कार्कीकी सासू हुन्।
