कविता : आफ्नो घर जलाएपछि हुँदैन खरानीको कमी

रंग नेपाल २०७९ फागुन ६ मा प्रकाशित

मेघराज भट्टराई

हिजो आज यो समाज अस्थिर अराजक भयो
कर्तव्य विमुख नीति नैतिकताबिहीन बन्दै गयो ।

विश्वास कसको गर्ने देशको कार्यकारी प्रमुख
पिँध नभएको लोटा जस्तो अस्थिर उद्दण्ड भयो ।

सपना पनि कस्ता–कस्ता झूठा छलकपट मात्र
जनजीवन पेशा व्यवसाय पानीको फोका भयो ।

आफ्नो घर जलाएपछि हुँदैन खरानीको कमी
विदेशीको दलाली गर्दा गर्दा सार्वभौमिकता गुम्यो ।

चिहानबाट मुर्दाले टाउको उठाउँदै भन्छ लूट्ने
फेरि राजा या प्रजा नागरिक नबन्ने नै भयो ।

दुश्मनको त काम नै हो आफ्नो स्वार्थ पूरा गर्ने
दुश्मनसँग मिलेपछि भाई कमजोर हुने नै भयो ।

धेरै पढिएका

पछिल्ला अपडेट