लुम्बिनीमा ५०० कुलपुत्र प्रव्रज्या कार्यक्रम हुँदै

रंग नेपाल २०७९ फागुन १२ मा प्रकाशित

लुम्बिनी । बुद्ध जन्मभूमि लुम्बिनीमा ५०० कुलपुत्र प्रव्रज्या कार्यक्रम हुने भएको छ ।

अखिल नेपाल भिक्षु महासंघ र थाइ भिक्षु महासंघको संयुक्त आयोजना तथा विभिन्न संघ संस्थाहरूको सहभागितामा उक्त कार्यक्रम हुने भएको हो । फागुन २७ गतेदेखि चैत्र १७ गते बुद्ध जन्मभूमि लुम्बिनीमा हुन गइरहेको ५०० कुलपुत्र प्रव्रज्या कार्यक्रममा सहभागी हुन सम्पूर्ण बुद्ध धर्मावलम्बीसँग आयोजक संस्थाले अनुरोध समेत गरेको छ ।

५०० कुलपुत्र प्रव्रज्या कार्यक्रमका लागि फागुन २७ गतेसम्म रजिष्ट्रेशन गर्न पाइने छ भने प्रव्रज्या हुने दिन चैत २ गते तथा चैत्र १७ गते कार्यक्रम समापन हुने भएको छ । कार्यक्रममा भाग लिन इच्छुक धर्मावलम्बीले अखिल नेपाल भिक्षु महासंघ, विश्व शान्ति विहार, मीनभवन अक्षेश्वर महाविहार, पुल्चोक, ललितपुर सम्पर्क गर्न सक्ने बताइएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट