पेट सफा गर्न के गर्ने ? पढ्नुहोस् पोषणविद् दिव्या मित्तलको सुझाव

रंग नेपाल २०७९ फागुन १४ मा प्रकाशित

काठमाडौं । बिहान पेट सफा नहुँदा दिनभरको ‘सेड्यूल’ बिग्रन्छ । यो समस्याले दिनभर शारीरिक मात्र होइन, मानसिक तनाव समेत बढ्ने हुन्छ । यसका लागि हामीले बेलुकाको खानामा ध्यान दिनु आवश्यक छ । हाम्रो शरीरलाई मासुजन्य खाद्य पदार्थ पचाउन समय लाग्छ । त्यसो हुँदा बेलुका सकेसम्म मासु खान हुँदैन । खानै पर्ने अवस्था आए चिकेन, माछा जस्ता सेतो मासु थोरै खाँदा हुन्छ ।

बेलुकाको खाना सकेसम्म चाँडै खानु पर्छ । सुत्नुभन्दा दुई घण्टाअघि बेलुकाको खाना खाँदा बेस हुन्छ । खाने बित्तिकै सुत्नु हुँदैन । खाना खाएपछि सकेसम्म पाँच सयदेखि एक हजार ‘स्टेप’ हिड्न आवश्यक छ । त्यो गर्दा ‘मेटाबोलिजम (खानालाई शक्तिमा बदल्ने प्रकृया)’ अलि छिटो हुन्छ ।

बेलुकाको खानामा भात खानु ठिक हुँदैन । रोटी खाँदा बेस हुन्छ । यस्ता खाना खाँदा फाइबरयुक्त खानालाई ध्यान दिनुपर्छ । जस्तो मासु र भात खाँदा तरकारी र सलाद अलि धेरै खानुपर्ने हुन्छ । दाल खाँदा पनि हुन्छ । किनकी यस्तो खानामा धेरै फाइबर हुन्छ । सबै खाद्य पदार्थ मिलाएर खान सकिएन भने फाइबर पुग्दैन । यसले ‘कन्स्टिपेशन’ बढाउँछ । त्यसो हुँदा बिहान पेट सफा हुँदैन ।

उमेर अनुसार शरीरलाई ‘क्यालोरी’को आवश्यक पर्ने हुन्छ । शरीरको बनावटले पनि खानेकुरा निर्धारण गर्छ । जस्तो, रोग भएका मान्छेलाई परक खानेकुरा चाहिन्छ । कम उमेरकालाई थोरै ‘क्यालोरी’ले काफी हुन्छ । कोही दुब्लाउन चाहन्छन् भने उसलाई त्यही अनुसारको ‘क्यालोरी’ चाहिन्छ । मोटाउन खोज्नेलाई पनि फरक किसिमको ‘क्यलोरी’को आवश्यकता पर्नेहुन्छ । सबैलाई मिलाएर खान सके शरीरमा ऊर्जा पैदा हुन्छ । त्यसले खाना राम्रोसँग पचाउन सक्छ । समयमै पेट सफा हुन्छ ।

अनिद्राका कारण पनि कतिपयको पेट सफा हुँदैन । यस्तो हुँदा पेटमा ग्यास पैदा हुन्छ । यसले ‘कन्टिपेशन’ गराउँछ । खाना राम्रोसँग पचाउन सक्दैन । पेट ढुस्स हुन्छ । त्यसो हुँदा निन्द्रालाई सकेसम्म बिगार्नु हुँदैन । समयमा सुत्ने र समयमा उठ्ने गर्नाले यस्ता समस्या निराकरण हुन्छन् ।

त्यसबाहेक ‘ग्याष्ट्रियक’, कलेजो लगायतका समस्या हुने बिरामीको पनि पेट सफा हुँदैन । त्यस्ता विरामीले समयमै चित्सकको सल्लाह अनुसार उपचार गर्न आवश्यक छ । हेलचेक्र्याइ गर्दा पेटमा गम्भीर समस्या निम्तिन सक्छ ।

सबेरै उठेर व्यायम गर्दा मानसिक स्वास्थ्य मात्र होइन, हाम्रो पाचन प्रणाली पनि सुधार हुन्छ । तौल घटाउन चाहनेका लागि त झन व्यायम एकदमै लाभकारी हुन्छ । व्यायमले मसलको विकास गराउँछ । शरीरमा ताकत बढाउँछ । त्यसो हुँदा व्यायम एकदमै आवश्यक हुन्छ । जस्तो रोगका विरामी भए पनि व्यायाम आवश्यक हुन्छ । यसले पाचन प्रणालीमा सुधार ल्याउँछ । पेट सफा गराउँछ ।

बिहान खाली पेटमा पानी खानु निक्कै आवश्यक छ । दिनमा तीन चार लिटर पानी खानुपर्छ भन्ने मनसिकता छ । तर, जति बेला पानी खान मन लागेको हुन्छ त्यति बेला मात्र खाए हुन्छ । पानी भन्न साथ दाल, जुस, चियालगायत तरल पदार्थ पनि पर्छन् । एउटा सामान्य मानिसले दुईदेखि तीन लिटरसम्म पानी पिउँदा ठिक हुन्छ । पेट सफा गराउने यो अचुक उपाय हो ।

पेटको समस्या हुनेहरूले प्रशस्त मात्रामा फलफूल खानुपर्छ । दाल, गेडागुडी जस्ता खानकुरा बिहान बेलुका नै खानुपर्छ । त्यसमा फाइबर हुन्छ । अण्डाको भित्री भाग खाँदा रगतमा बढेको कोलिस्टोर घटाउँछ । दिनभरीमा दुई वटासम्म अण्डा खान सकिन्छ ।

धेरै पढिएका

पछिल्ला अपडेट