‘सन्त गरीबदासजी महाराज’को बोध दिवस मनाइँदै

रंग नेपाल २०७९ फागुन १६ मा प्रकाशित

धनुषा । धनुषाको मिथिला नगरपालिका-२, बेलाचापी स्थित सतलोक आश्रममा जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजको सान्निध्यमा ‘सन्त गरीबदासजी महाराज’को बोध दिवस भव्य रुपमा मनाइने भएको छ ।

पूर्णब्रह्म कबीर उपासक समाज नेपालको आयोजनामा यहि फागुन १८, १९ र २० गते आश्रममा बोध दिवस मनाइन लागेको हो । दिवसको तीन दिने कार्यक्रममा विशाल भण्डारा, निःशुल्क नाम दीक्षा, दाइजो मुक्त विवाह, आध्यात्मिक प्रदर्शनी र रक्तदान शिविर हुनेछ ।

समाजको आयोजनामा सन्त रामपालजी महाराजका अनुयायीहरुले गएको १२ फागुनमा बोध दिवसको निमन्त्रणा दिने उदेश्यले देशको सातवटै प्रदेशसहित २२ जिल्लाहरुमा एकै साथ आध्यात्मिक चेतना एवं सतगुरु शोभा यात्रा निकालेका थिए ।

विकृतिहरुले ग्रस्त वर्तमान समाजमा आध्यात्मिक ज्ञानको चेतना जगाइ समाजलाई कुलत, दाइजो प्रथा, बलि प्रथा, अन्धविश्वास लगाएतका सामाजिक विकृतिहरु बाट मुक्त गर्ने उद्देश्यले यात्रा निकालिएको उनका अनुयायीहरुले जनाएका छन् । तीन दिने ‘सन्त गरीबदासजी महाराज’को बोध दिवस कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । दिवसमा भारतबाट आउने सहित गरेर करिब ४ लाख भक्तजन सहभागि हुने अनुमान रहेको उनका अनुयायीहरुले जनाएका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट