‘प्रसाद २’ को फस्टलुक्स सार्वजनिक

रंग नेपाल २०७९ फागुन १९ मा प्रकाशित

काठमाडौं । सुदर्शन थापाले निर्देशन गरेको चलचित्र ‘प्रसाद २’को फस्टलुक (पोष्टर) सार्वजनिक गरिएको छ ।

फस्टलुकमा अभिनेता विपिन कार्की, अभिनेत्री केकी अधिकारी र अर्पण थापा फिचर्ड छन् । फिल्ममा सुदर्शन थापाको निर्देशन छ ।

प्रेमकथाका फिल्म निर्माण र निर्देशनमा अब्बल सुदर्शन यसपटक भने सामाजिक कथावस्तुको फिल्म ‘प्रसाद २’ लिएर दर्शकमाझ आउने तयारीमा छ । निर्माण पक्षले फिल्मको रिलिज मिति सार्वजनिक गरेको छैन् ।

फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डेलगायतको अभिनय रहेको छ ।

एसजी फिल्मस्सँग सुलभ थापा प्रोडक्शनले सहकार्य गर्दै तयार भएको यो फिल्मको स्लोगन ‘माया भन्दा ठुलो नै क छ र’ राखिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट