कुमार शिवाकोटीको ‘भिझाएर आँशु’ सार्वजनिक

रंग नेपाल २०७९ फागुन २१ मा प्रकाशित

काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको सुमधुर स्वरमा सजिएको ‘भिझाएर आँशु’ गीतको म्युजिक भिडिडो सार्वजनिक भएको छ ।

अमेरिका निवासी गीतकार कुमार शिवाकोटीको शब्दमा रहेको गीतलाई दीपक शर्माले संगीतवद्ध गरेका हुन् । गीतमा फणिन्द्र राईको संगीत संयोजन रहेको छ ।

म्युजिक भिडियोमा सुधिर श्रेष्ठ, उषा उप्रेती, सुरवीर पण्डित, हिउँवाला गौतमको अभिनय रहेको छ । सुजन श्रेष्ठले छायाँकन गरेको भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट