लोकदोहोरी गायक राजेन्द्र लम्सालको निधन

रंग नेपाल २०७९ फागुन २३ मा प्रकाशित

काठमाडौं । लोकदोहोरी गायक राजेन्द्र लम्साल क्षेत्रीको निधन भएको छ ।

लामो समयदेखि स्पेनमा बस्दै आएका राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापकसमेत रहेका वरिष्ठ लोकदोहोरी गायक एवम् सर्जक लम्सालको गएराति निधन भएको गायक रमेश विजीले जानकारी दिए ।

उनी ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका’ युरोप शाखाका संस्थापक संरक्षक पनि हुन् । लम्सालका ‘ज्याग्दी खोला किनारै बसेर’,’जापान टोकियो’ जस्ता धेरै गीतहरू चर्चित छन् ।

गायक लम्सालको निधनप्रति राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्वअध्यक्ष समेत रहेका गायक रमेश विजीले दुःख व्यक्त गरेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट