बिरामीको पेटभित्र सिंगै रक्सीको बोतल भेटिएपछि…

रंग नेपाल २०७९ फागुन २४ मा प्रकाशित

काठमाडौं  । बिरामीको पटभित्र सिंगै रक्सीको बोतल भेटिएको सुन्दा जो कोहीलाई पनि विश्वास नलाग्न सक्छ । तर, यो घटना नेपालकै हो ।

चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा रौतहटको चन्द्रनिगाहपुरका एक व्यक्तिको पेटभित्रबाट सिंगै रक्सीको बोतल निकालिएको हो । पेट दुखेर अस्पताल आएका रौतहटको गुजरा नगरपालिका–९ का २६ वर्षीय नुर्साद मन्सुरीको पेटमा सिंगै रक्सीको बोतल भेटिएको हो ।

उनको अप्रेशन गरेर बोतल निकालिएको छ । अहिले उनको अवस्था सामान्य बन्दै गएको छ । शल्यक्रियाका लागि करिब साढे दुई घण्टा लागेको शल्यक्रियामा संलग्न चिकित्सकहरुले बताएका छन् । बोतलको टुप्पो आन्द्रा फुटालेर बाहिर निस्किएको थियो।

पेटभित्र दिसा फैलिएर आन्द्राहरू सबै सुन्निइसकेका थिए। बोतलमा बिर्को थिएन। भित्र केही दिसा र रगत पसेको थियो। बोतल मलद्वारबाट छिरेको तर मलद्वारमा क्षति नपुगेको पाइएको चिकित्सकले जानकारी दिएका छन् ।

यस्तो घटना बिरलै आउने चिकित्सकहरु बताउँछन् । नुर्सादले साथीहरूसँग जाँदा केही खुवाएपछि आफू बेहोस भएको र त्यसपछि के भयो थाहा नभएको बताएका प्रहरीले जानकारी दिएको छ । बिरामीले घटनाबारेमा विस्तृत बताएपछि घटनाबारे थप खुल्ने र यो घटना सुनियोजित पनि हुन सक्ने प्रहरीले बताएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट